• दशगजा मिचेर भारतले बनायो प्रहरी चौकी ! के छ नेपाल भारतबीच सीमा सन्धी मा ?

    २०७६ साउन ९ । नेपाल भारत बीचको सन्धी सम्झौता विपरीत नेपाल भारत सिमाना अथार्त दशगजा क्षेत्र मिचेर भारतीय पक्षले मनोमानी तरीकाले दशगजा क्षेत्रमै प्रहरी चाैकी खडा गरेका छन । भारतले रुपन्देही जिल्लाकाे नेपाल भारत सीमा क्षेत्र बेलहिया क्षेत्रमा संरचना हाल भाैतिक संरचना निर्माण गरेको छ । नेपाल भारत सीमाना स्तम्भ बाट नेपालतर्फकाे दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको छ । अहिले सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालयहरु भत्काउने क्रममा याे रहस्य खुल्न गएकाे हो

    नेपाल भारत सिमा सन्धी सम्झौता अनुसार कुनै पनी संरचना बनाउदा दुबै देशले कम्तीमा पनी दशगजाको ३० फिट सीमा छोड्नु पर्ने प्राबधान भएपनी भारतीय पक्षले दादागिरी सैलीमा सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको हो । दशगजा क्षेत्र मिचेर भारतले प्रहरी चौकी निर्माण गरेको पाइएपछि प्रतिनिधि सभा सदस्य सांसद घनश्याम भुसालले बिहीबार नै दशगजा क्षेत्रको अवलोकन गरेका छन् । बिहीबार स्थानीयको सक्रियतामा सांसद भुसालकै उपस्थितिमा नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिका रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरेकाे छ ।

    >

    नेपाल भारत सीमा बिबादकाे बिषय भएकाेले यसकाे समाधान स्थानिय तहबाट भन्दा पनि संघीय सरकारको तहबाटै समाधान हुनुपर्ने रुपन्देही जिल्लाकाा सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नेपालको सीमा मिचिएकोमा आक्रोशित स्थानीय बासिन्दालाई सांसद भुसालले नेपालका पक्षमा निर्णय हुने विश्वास दिलाउंदै संयमता अपनाउन आग्रह गरेका छन ।