धर्ती माता लाई लाग्यो ३० हजार चुना धरौटीमा छुटिन्


काठमाडौं असार  २४ 
 राजधानी काठमाडौं भद्रकाली मन्दिरमा  एक युवतीलाई यातना दिने आफूलाई ‘धर्ती माता’ बताउने  विष्णु कुँवर थुनामुक्त भएका छन। 
काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो । मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो तर  अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ 

 दुवै निकायमा धरौटी वापतको रकम बुझाएर उनी थुनामुक्त भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन  ।  प्रहरीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।


उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’, जस्ता शब्दको पनि प्रयोग गरेकी थिइन् । भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए । यदि पीडितले कुँवरविरुद्ध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा जाहेरी दिएको भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति हुन सक्ने प्राबधान थियो  ।

 ‘धर्ती माताले सर्वसाधारणको  बीच युवतीलाई यातना दिएको भिडियो  सञ्जालमा भाइरल भएपछि सर्वत्र चासो बढेको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गर्न थालेपछि उनी पक्राउ परेकी थिइन् । तर, पीडितले उजुरी नदिँदा अनुसन्धान फितलो बनेको प्रहरीले बताएको छ । भिडियोमा कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भनेर गाली गरेको देखिएको थियो ।
यो पनी हेर्नुस :