यसपाली ३० वर्ष यताकै ठूलो बिनासकारी वर्षा २०५० सालमा झण्डै १३ सय जनाले ज्यान गुमाएका थिए !

२०७६ असार ३०
केही दिन यता परीरहेको अबिरल बषाको कारण नेपालले निकै क्षती बेहोर्नुपरेको छ । मौसम विज्ञान विभाग अनुसार अहिले आएको वर्षा तुलनात्मक रुपमा यति ठूलो ३० वर्ष यताकै सम्भवत पहिलो पटक हो ।
बिभिन्न ठाउमा डुबान तथा बाढी पहिरोको कारण मान्छेले ज्यान समेछत गुमाउनु परकेको छ भने कैयौ परिवार बिस्थानि समेत भएका छन ।
अबिरल बषाको कारण २०५० सालमा नेपालको मध्य क्षेत्रमा यस्तै किसिमको भयानक विपतको भएको थियो । तात्कलिन समयमा खासगरी बागमती, कमला र पूर्व राप्ती जलाधार क्षेत्रमा मात्रै २ दिन भित्रमा बाढी, पहिराे र डुबानमा परी झण्डै १३ सय जनाको ज्यान गएको थियो ।
प्रविधिको प्रयोगले क्षति कम : विभाग
मौसम विज्ञान विभाग का अनुसार मानवीय क्षति कम गर्ने सवालमा भने अहिले प्रयोग भइरहेको प्रविधि नै मुख्य कारण बताईएको छ ।
सोमबार दिउसो सम्मको रेकर्ड अनुसार यसपालीको बर्षा बिपदमा परेर ६६ जनाको गैसकेको छ ।
जलबिद बिनोद पराजुलीले भने खासगरी दुई किसिमबाट प्रविधिको प्रयोग हामीले गरिरहेका छौँ । पूर्व अनुमान र पूर्व सूचना प्रणाालीमा रहेर हामीले काम गरिरहेका छौँ ।
अहिले जल तथा मौसम विज्ञान विभाग आफैँ पनि प्रविधियुक्त बनेको छ । बि. सं. २०५० सालमा हामी तीन दिनको पूर्वानुमान गर्न सक्ने अवस्थामा थिएनौँ । मुश्किलले एक दिनको अनुमान हुन्थ्यो । पूर्व सूचनाको रुपमा जनस्तरसम्म पुर्याउने कुनै किसिमको संयन्त्र थिएन । सञ्चारमाध्यम पनि त्यो बेला प्रभावकारी थिएनन् । सञ्चारमाध्यमको प्रयोग गर्न सक्ने नागरिक पनि थिएनन् । टेलिफोन, मोबाइल प्रयोग त लगभग त्योबेला शून्य जस्तै थियो । त
तर अहिले त्योभन्दा ठूलो वर्षा र त्यसले विपत् निम्त्याउँदा पनि मानवीय क्षति कम गर्न सक्यौँ जलबिद बिनोद पराजुलीले भने ।
पक्कैपनी प्राकृतिक प्रकोपलाई हामी पुर्ण रुपमा नियन्त्रण गर्न सक्दौनौ तर प्रबिधीको सही र चुस्त प्रायोग गरृमा क्षती चाही केही न्यनीकर(ण गर्न सकिन्छ । जुन जुन प्राबिधिक रुपले सबल राष्ट्रहरुको मुल्या«कन गर्दा पनी स्पस्ट हुन्छ ।
