कैलालीमा शक्तिशाली बम विष्फोट ५ घाइते

धनगढी साउन २,
केहीबेर अगाडी कैलाली को धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएकाे छ । शहीद गेटमा स्थानीय निलम होटल अगाडि विस्फोट भएको होविष्फोट परेर ५ जना घाइते भएका छन् ।एक जनाको अवस्था गम्भिर रहेकाे छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोटमा परी घाइते हुनेमा कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, बझाङका राम सिंह, , माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे रहेका छन् । । घाइते पाण्डे निलम होटलका सञ्चालक समेत हुन् ।
प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना अाएकाे तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ ।
घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।


