• जहाजबाट आउने-जाने यात्रुले बोक्न पाउने सामान सुची हेरफेर

    ३० असार, 
    नेपाल सरकारले विदेशबाट फर्कने  र विदेश जाने  यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । सरकारले २५ जेठ ०७३ को सूची हेरफेर गर्दै गर्दै नयाँ सूची ल्याएको हो ।
     सरकारले  ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने अर्थ मन्त्रालयले उल्लेख गरेको छ  विदेशबाट फर्केका यात्रुले  साथमा ल्याएको 100 ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । 
    भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।
    विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर ल्याउन पाउने सुविधा दिइएको छ । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर थप भन्सार लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।
    कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान (सवारी साधनबाहेक) स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने भएको छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएका सामान अन्य व्यक्तिका नाममा जम्मा वा नामसारी गरी छुटाउन भने नपाउने व्यवस्था गरिएको छ ।
    विदेशबाट पूर्ण भन्सार छूट हुने वस्तुको सूची यस्तो छ : 
     औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक/एक थान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक/एक उपकरण/वस्तु, 
     लुगाफाटो, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म ।

    स्थल सीमामा छूट नपाउने
    सीमानामा ओहोर दोहोर गरिरहने व्यक्तिका लागि भने यी छुट र सहुलियतका कुनै पनि प्रावधान लागु नहुने मन्त्रालयले स्पष्ट पारेको छ । तर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि भने साथमा लगेको वा ल्याएको एक थान ल्यापटप वा कम्प्युटरमा भने महसुल नलाग्ने उल्लेख गरिएको छ । 
    विदेश जाँदा केके लैजान पाइन्छ ?
    नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ ।
    जहाजबाट आउने-जाने यात्रुले बोक्न पाउने सामान
    पेराम्बुलेटर र ट्राइसाइकल, सेलुलर मोवाइल एक/एक  थान, ५० ग्रामसम्मको सुनको गहना र १ सय ग्रामसम्मको चाँदीको गहना,  दूरविन, ट्यावलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा, पोर्टेवल म्युजिक सिस्टम एक/एक थान, लुगाफाटा, वरबिच्छ्यौना, घर गृहस्थीका सामान, घडी, साइकल, पेशाकर्मीले आफूले गरी आएको कामका निम्ति ल्याएको उपकरण/सामान