• देशभर अबिरल वर्षाको सम्भावना, हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने

    काठमाण्डौ  २६ असार  २०७६
    नेपालमा मनसुन सक्रिय भएसंगै  बुधबार जस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । मौसमविदले नेपालमा अबको 3 दिन देशका अधिकांस  ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको  बताएका छन।  

    महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ ।  बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ ।

    तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
    पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ । 

     मौसम पूर्वानुमान महाशाखाले अबको चौबीस घण्टामा केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाले हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने जनाएको छ । महाशाखाले देशभर मनसुनी वर्षा कायम रहने हुँदा बाढी, पहिरोसँगै सडक र हवाई यातायात अवरुद्ध हुन सक्ने जनाएको हो ।

     भोलि शुक्रबार र पर्सि शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । खोलानाला र पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हेर्नुहोस् : महाशाखाले निकालेको बाढी बुलेटिन : 
    यो पनी हेर्नुस :