• सरकारले राहत र उद्धार गर्न अन्तराष्ट्रिय समुदायलाई नगुहार्ने :नेपाल सरकार आफैँ सक्षम छ : विपद् व्यवस्थापन समिति

     २०७६ असार २८
    काठमाण्डौ 
    नेपाल सरकारले  सरकारलेबाढी र पहिरोमा परेका प्रभावितहरुका लागि अन्तराष्ट्रिय  समुदायलाई नगुहार्ने भएको छ सरकारले  स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।
    बैठकले आन्तरिक व्यवस्थापनबाटै राहत र उद्धार गर्न सकिने निष्कर्ष निकाल्दै अहिले नै अन्तर्राष्ट्रिय सहयोगको खाँचो नपरेको निष्कर्ष निकालेको हो ।  गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विपद् व्यवस्थापनमा काम गर्दे आएका संघ संस्था र रेडक्रसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  
    केहीबेर अगाडी सिंंहदरबारमा बसेको विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । 
     बैठकमा परराष्ट्र मन्त्रालयका सचिवले विपतमा परेकाहरुको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग माग गर्ने भन्ने प्रस्ताव राखेको भए पनि बैठकले त्यसलाई स्वीकृत गरेन   । 
    पानी पर्ने क्रम अझै नरोकिए र बाढी पहिरो तथा डुबान हुने क्रम अझै बढेमात्रै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्न सकिने तर अहिले नै त्यो अवस्था नरहेको भन्दै बैठकले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकृत गरेको बैठकमा एक सहभागीले जानकारी दिनुभयाे । 

    वर्षासँगै बाढी पहिरोका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको पनि गृहमन्त्रालयले जनाएको छ । बाढीको चपेटामा परेर ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएका छन् । बाढीले पूर्वपश्चिम राजमार्गको महोत्तरीको पुल बगाउँदा त्यस क्षेत्रको यातायात पूर्ण रुपमा प्रभावित भएको छ ।   वर्षा नरोकिए अझै ठूलो क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि  सरकारले सम्बन्धित निकायलाई सचेत गराएको छ ।