• पहिरोले घर पुरिँदा गुल्मीमा ६ जनाको मृत्यु

    २०७६ श्रावण ७ प्रदेश नं ५ अर्न्तगत पर्ने गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरो गइ दुइवटा घर पुरिदाँ ६ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु भएको छ । त्यसैगरी गाउँपालिकाकै ३ नम्बर वडाको ठूलो लुम्पेक कसिन डाँडामा पहिरोले अर्को घर पुर्दा थप २ जनाको मृत्यु भएको हाे घटनामा अन्य ५ जना बेपत्ता भएको गुल्मिका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

    ठूलोलुम्पेक पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु र ९ वर्षिय दर्शन त्रामुको मृत्यु भएको छ । यसैगरी लिम्घामा ६५ वर्षिय छल्लली बिक, २८ वर्षिय पम्फा बिक, १२ वर्षिय अंजली बिक र १० वर्षिय हेमन्त बिकको मृत्यु भएको हम्रा संवाददाताले जनाएका छन् । गएराती देखि परेको अबिरल वर्षात पछि घरमाथीबाट पहिरो खस्दा घरमा सुति रहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर १० वर्षिय कश्मिा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले उद्धार कार्यमा समस्या भएको भएको छ वेपत्ता भएका अन्य ५ जनाको खोजी कार्य भइरहेको छ । सदरमुकाम तम्घास देखि पुर्व ३ घण्टाको दूरीमा घटना स्थल पर्दछ । घटनाको खबर पाए लगत्तै तिनवटै सुरक्षा निकायका सरक्षाकर्मी र स्थानीय उद्धारमा जुटेका थिए