• नक्कली डीएसपी लुइँटेल पक्राउ

    २०७६ असार २६ 
    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी नायब उपरीक्षक (डीएसपी) भएको बताएर ठगी गरेको आरोपमा  धादिङको धुनिवेशी– २ (हाल चन्द्रागिरी–५) का राजेन्द्रप्रसाद लुइँटेल क्राउ परेका   छन ।
    उनलाई नगार्जुन नगरपालिका–७, सीतापाइलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाले जानकारी दिएका छन    ।
    लुइँटेलले विभिन्न व्यक्तिलाई डीएसपी भएको बताएर ठगी गरेका थिए’,  ‘आफ्नो सेक्युरिटी कम्पनी रहेको बताएर ५ प्रतिशत शेयरका रुपमा १ लाख ६० हजार रुपैयाँ उनले उठाएका थिए ।’ डीएसपी कुमारविक्रम थापाका अनुसार प्रहरीले बार्गेनिङ गर्दै गरेको अवस्थामा  लुइँटेललाई पक्राउ गरेको थियो ।
    प्रहरीले सार्वजनिक गरेको लुइँटेल बाट संचार सेट पनी बरामद गरेकाछन  ।  उनले बोकेको सेट सुरक्षाकर्मीसँग हुने सेट नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कुमारविक्रम थापाले  बताए ।
    कुनै निजी सुरक्षा एजेन्सीको सेट उनले प्रयोग गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यद्यपि, आफूलाई डीएसपी भएको प्रमाणित गर्न उनले सेट बोक्ने गरेको को प्रारम्भिक अनुसन्धानबाट खुलेको हो  ।