• २ बर्ष ग्रामीण तथा दुर्गम क्षेत्रमा काम नगरे कर्मचारीको बढुवा नहुने !

     काठमाडौं असार २०
    निजामती कर्मचारीको बढुवाका लागि कम्तीमा 2 वर्ष ग्रामीण तथा दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्ने  प्राबधान बनाउन    सांसदहरुले  प्रस्ताव गरेका छन ।
    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २८ मा ‘बढुवाका लागि उम्मेदवार हुन नपाउने’ सम्बन्धी व्यवस्था छ । 
    यसमाथिको छलफलका क्रममा सांसदहरुले ग्रामीण क्षेत्रमा कर्मचारी नजाने समस्या अन्त्य गर्न कानूनी रुपमै व्यवस्था गर्नुपर्ने बताएका हुन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार  सांसदहरुले ग्रामीण क्षेत्रमा दुई वर्ष काम नगरेका कर्मचारीले बढुवाका लागि निवेदन नै दिन नपाउने व्यवस्था संघीय निजामती ऐनमा गर्नुपर्ने उनीहरुको प्रस्ताव पेस भएको हो ।
    नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने  ग्रामीण भेगमा कर्मचारी हाजिर हुनै नजाने समस्या छ, यसलाई दुई बर्ष बनाएर जान सकिन्छ  ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘कम्तीमा 1 बर्ष ग्रामीण भेगमा बसेर काम नगरेको कर्मचारी बढुवाका लागि अयोग्य हुने’ भनेर राख्न सकिने बताए । तर  सांसद जनार्दन शर्माले एक बर्षको समय कम हुने भन्दै दुई वर्ष राख्नुपर्ने बताएका छन ।

    सागर आले को एकतर्फी माया "भावनाका शब्द" सार्बजनिक (हेर्नुस् भिडियो )