पहिलो पटक पाइपबाट डिजेल आज नेपालमा आउदै

काठमाडौं साउन २
भारत-नेपाल पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक पठाइएको डिजेल बिहीबार मध्यरात नेपालमा आउने भएकाे छ ।
भारतको मोतीहारीबाट ६९.२ किमि लम्बाइर् भएकाे पाइपलाइनमा पहिलो पटक परिक्षणका लागि पठाइएको 1000 लिटर डिजेल नेपालकाे अमलेखगन्ज डिपोमा खस्ने भएकाे हाे । डिजेल आज राति १२ बजेको तिर आयल निगमको अमलेखगन्ज डिपोमा डिजेल अाउने अनुमान छ
यस अगाडी गरिएकाे पानीको सफल परिक्षणपछि पहिलोपटक पाइपलाइनमा डिजेल पठाइएको नेपाल पठाइएकाे हाे । भारतबाट बुधबार दिउँसो १२ बजे पाइपलाइनमा डिजेल हालिएको थियो ।
प्रथम चरणमा आउने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ टोली पनि अमलेखगन्जमा तयारी अबस्थामा रहेका छन । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल ल्याउन सकिने आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिएका छन ।
मोतिहारीबाट बुधबार पम्पिङ गरिएको 1000 लिटर डिजेलको अघिल्लो भागमा पानी रहेका कारण तेल अमलेखगञ्जमा अाएपछी प्रशोधन गरी पानी र तेल छुट्याइने छ । यसका लागि अमलेखगञ्ज डिपोमा चारवटा ट्याङ्की तयारी अवस्थामा रहेका छन् ।
५ अर्ब १८ करोड ४० लाख नेपाली रुपैयाँ लागतमा निर्माण पाइपलाइनको दुई देशका प्रधानमन्त्री स्तरबाट छिटै उद्घाटन गर्ने तयारी भएकाे स्रोतले बतायो ।
पाइपलाइनबाट अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण अहिले डिजल मात्रै ल्याउने आयल निगमले जनाएको छ । भारतबाट गुणस्तर प्रमाणित भएर आएको तेललाइ नेपालले अमलेखगन्जमा पुनः परिक्षण गरेर मात्रै जनतालाइ वितरण गर्नेछ ।
नेपाल भारत सहमती अनुसार पाइपलाइन निमार्णको सबै खर्च आईओसीले ब्याहोर्ने र अमलेखगन्ज डिपो सुदृढिकरणमा एनओसीले खर्च गर्ने सम्झौतामा उल्लेख थयो । तर अहिले पाइपलाइन निमार्णको ३ अर्ब भारु र अमलेखगन्ज डिपो सुदृढीकरणमा लागेको २४ करोड भारु आईओसीले नै ब्यहोरेको निगमले बताएको छ ।
