• अब आर्मीको पोसाक सर्वसाधारणले लाउन नपाउने !

    काठमाडौं २०७६ साउन १५ 
    अब देखी सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ गरीने भएकाे छ । नेपाली सेनाको पोशाक सँग मिल्ने वा मिल्दाे कपडा सर्वसाधारणले प्रयोग गर्न थाले पछि नियमन थालिएको हाे । स्मरण रहाेस यस्तै सैनिक पाेसाक लगाउन सर्वसाधारणलाइ तात्कालिन माअाेबादी द्वन्दकालमा समेट पुर्ण रूपमा प्रतिबन्ध गरीएकाे थियाे । पछी नेपालमा शान्ती अाएपछी याे प्रतिबन्ध हटेकाे थियाे । 

    गृह मन्त्रालयले नेपाली सेनाको पोशाकसँग मिल्दो लुगा लाएर अपराध तथा दुरुपयोग बढेको भन्दै नेपाली सेना बाहेकका अन्य सर्वसाधारण व्यक्तिले पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको हो ।वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि सेनाले आपत्ति जनाएको बताइएकाे छ । मन्त्रालयका एक अधिकारीका अनुसार नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरीसेकाे बताएकाे छ ।  याे पनी हेर्नुस :