• रेलभन्दा तिब्र गतीमान हाइपरलुप बनाउँदै नेपाली युवा

    काठमाडौं २०७६ साउन ७  
    नेपालमा एकसे एक बैज्ञानिक भएर पनी सरकारले सही सदुपयाेग र सहयाेग नगर्दा  आज बिश्वले प्रबित्धीमा तहल्का पिटिरहेकाे बेलामा नेपाल भने प्रबिधीमा निकै पछि हुन अाउछ ।  पछिल्लाे समय  नया नया अाबिस्कार गरेर  नेपाली पनी काे पनी केही गर्न सक्छन भन्ने उदाहरण हरू एक पछी अर्काे  अाइरहेका छन ।
    जसमा  एक नेपाली युवकले प्लेन  भन्दा सुरक्षित अनी  रेल भन्दा तिब्र गतीमा  गुड्न सक्ने  हाइपरलुप बनाउन लागि परेका छन । सम्भवत  अबको केही वर्षमै हाइपरलुप  तयार हुनेछ  याे हाइपरलुप तयार भएपछी यसकाे गती बिश्वमा हाल प्रयाेगमा आइरहेकाे अत्याधुनकि   रेलकाे गती धन्दा कैयाे गुणा तेज हुने बताइएकाे छ   । २१ जुलाइमा  अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रबिधी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनकाे टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिन्दै पहिलाे भएकाे हाे । प्रतिस्पर्धा जितेपछि  एक वर्ष सम्मको अहोरात्र मेहनतले फल दिएको  दिनेश पौडेलले बताए  ।