• रानीमहलको जग्गा मोहीको नाममा दर्ता !

    काठमाडौं, श्रावण 6 
    पर्यटकिय गन्तब्य पाल्पा तानसेनबाट केही दुरीमा कालीगणडगीकाे तिरमा अबस्थित नेपालकाे ताजमहल भनेर चिनिने  ऐतिहासिक तथा पुरातात्विक रानीमहल दरबारको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको तथ्य खुल्न अाएकाे  छ । रानीमहलको नाममा पाल्पा खानीगाउँमा रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनमा देखिएको हो । 

    रानीमहलको सरकारी जग्गा व्यक्तिका नाममा बनाएकामा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको सतर्कता केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।।

    कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले प्रतिवेदनमा उल्लेख गरेको जानकारी गराउनुभयो ।  साविक बौद्धगुम्बा गाविस–२ मा रहेको सरकारी जग्गा कित्ता नं ४६७ पनि रानीघाट गुठी बनाई मोहीको नाम दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रानीमहलकै फूलबारी भनी छुट्टाइएको कित्ता नं ४६६ पनि कित्ताकाँट गरिएको पाइएको छ ।