• बर्षा बिपतमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

    काठमाडौं ३० असार
     वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या सोमबार दिउसो सम्म  ६७ पुगेको छ ।  जसमा नेपालरीबाट  मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष रहेका छन  ।
    बाढी र पहिरोमा डोल्पामा ९ जनासहित ३२ जना वेपत्ता भएका छन् । साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, गरी जम्मा ३९ जना घाइते भएका छन् ।
    बाढी र पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० लाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसरी उद्दार गरी सुरक्षित स्थानमा सारिएकाहरूको संख्या १ हजार ४ ४५ बाढी रहेको नेपाल प्रहरीले जनाएको छ ।
    त्यस्तै काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ ।