• अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा

    काठमाडौं । असार २६ 
     पुर्ब बिश्वकप बिजेता  अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको २७ वर्षपछि फाइनलमा   पुगेको छ । सन् १९९२ पछि पहिलो पटक फाइनलमा पुगेको उसले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछ । न्युजिल्याण्ड क्रिकेट महारथी भारतलाई सनसनी पुर्ण तरिकाले हराउदै फईनलमा प्रबेश गरेको थियो । 
    वर्मिङहृयाममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै ४९ ओभरमा सबै विकेटको क्षतिमा २२३ रन बनाएको थियो ।अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य घरेलु टोलीले मात्र ३२.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । 
    अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ८५ रन मात्र बनाए । उनले उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई उकास्ने कोशिस गरेका थिए  ।
    १.१ ओभरमा चार रन हुदा कप्तान एरोन फिन्च 0 रनमा आउट भए । त्यस्तै, १० रन हुँदा दोस्रो विकेटको रुपमा डेभिड वार्नर आउट भए । एकपछि अर्को विकेट गुमाएको अष्ट्रेलियाले १४ रन हुँदा तेस्रो विकेट पिटर हृयान्ड्सकोम्ब गुमायो  । बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिद र क्रिस वोक्सले समान ३-३ विकेट लिए । त्यस्तै, जोफ्रा आर्चरले दुई विकेट लिए ।