• कुलमानको सफलता : ३० सवस्टेशन र ७ सय ७७ किमि प्रसारण लाइन

    २०७६ साउन १२
     आर्थिक वर्ष २०७५ नेपालको समग्र अथर्तन्त्रमा प्रगति खासै राम्रो देखिएन । बिज्ञहरूका अनुसार आर्थिक वर्ष २०७५ विकास निर्माणका हिसाबले पनि गएको वर्ष उत्कृष्ट साबित बन्न नसकेपनी कुशल नेतृत्व विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे कायर्कालले आर्थिक वर्ष २०७५ मा नेपाल विद्युत प्राधिकरणले भने उत्कृष्ट काम गर्न सफल भएको छ प्रतिबेदन अाएकाे छ ।
    जसमा नेपाल विद्युत प्राधिकरणले वर्षौंदेखि अलपत्र रहेका थुप्रै सवस्टेशन निर्माण, मर्मत तथा क्षमता बृद्धि गरिनुका साथै निकै कठिन मानिएका प्रशारण लाइनको निर्माण पनि सम्पन्न गरी दार्चुलाको खलंगामा पनी पहिलो पटक बिजुली पुर्‍याउन प्राधिरकण सफल भएको छ । दार्चुलाको खलंगाबासीले वर्षौंदेखि भारतीय प्रसारण लाइनमार्फत बिजुली बाल्दै आएका थिए । जेठ १ गतेदेखि यो लाइन सञ्चालनमा ल्यायो । 
    आर्थिक वर्ष २०७५ मा प्राधिरकण ले ७ सय ७ मेगावाट क्षमताका ३० वटा सवस्टेशन निर्माण, २९ वटा सवस्टेशन मर्मत गरेका छन त्यस्तै गरी प्राधिरकणले ७ सय ७७ किलोमिटर प्रसारण लाइन बनाएकाे छ । त्यसै गरी गत वर्ष ३ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम सकिएयाे जसमा १६ किलोमिटरकाे रक्सौल–परवानीपुर यस्तै, कुशहवा–कटैया १३ किलोमिटर र ढल्केवर–मुजफ्फरपुर २२० केभी प्रसारण लाइन पनि गएको वर्ष नै सम्पन्न भएको थियाे ।