• मकैको खोस्टाबाट बनेकाे मुढाको माग विदेशसम्म

    २०७६ साउन ७ ग०डकी प्रदेशकाे राजधानी पयर्टकीय नगरी पोखरामा उत्पादित मकैको खोस्टाबाट बनेके मुढाको माग बढेकाे छ । देश बिदेशबाट मकैको खोस्टाले बनाइएकाे मुढाकाे माग बढेपछी तालीम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराईले बताए ।

     भट्टराईले भने “अहिले लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना र पद्मावती हस्तकलाको सहकार्यमा ३० जनाको टोलीलाई दुई हप्ताको तालीम दिइसकेका छौँ । प्राकृतिक र हस्तकलाका सामग्रीको बजार राम्रो हुँदै गएको छ । बजारमा पाइने तयारी मुढालाई बाहिरबाट विनारङरोगन मकैका खोस्टाको बुनाइले छोपिन्छ र आकर्षक बनाइन्छ । यो प्राकृतिक पनि देखिन्छ ।” अहिले नियमित छ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ । 
    मकैको खोस्टाको मुढाको पछिल्लो समय विभिन्न होटलबाट आउन थालेको पद्मावती कोशेली घरका बजार व्यवस्थापक पूर्णिमा रिजालले बताइन । “हामीलाई काठमाडौँबाट ५० मुढाको ‘अर्डर’ आएको छ । उनले पोखरा लेकसाइडका होटल घरमा र विदेशमा रहेका नेपालीको रोजाइमा पनि यो यस्तो मुढा पर्ने गरेको बताए ।” यस प्रकारको मुढालाई धेरै नेपालीले विभिन्न देश पुर्उयाने गरेको उनले बताए । छ महीनादेखि मुढा बनाउँदै आएकी हीरा कुँवर आयआर्जनको राम्रो माध्यम भएको बताउछिन । “मैले पद्मावतीबाट तालीम लिएँ र अहिले सिकाउँदै आएकी छु व्यावसायिकरूपमा मुढा बुन्दै आएकी छु । एउटा मुढा बनाएबापत रु एक हजार ज्याला पाउने उनको भनाइ छ ।  यो पनी हेर्नुस :