• मेची राजमार्गकाे पहिरो खुल्न अझै ३ दिन लाग्ने

     साउन  
    लगातारकाे  पहिरोका कारण अबरुद्ध मेची राजमार्ग अन्तर्गतको राँके—फिदिम सडकखण्ड सञ्चालनमा आउन अझै 3  दिन समय लाग्ने भएको छ ।   राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३, पांग्रेभीरमा गत बुधबार देखी गएको पहिरो अहिलेसम्म रोकिएको छैन  । 

    पहिराे नराेकिएपछी  पूर्वी पहाडी जिल्लासँगको यातायात सम्पर्क  4  दिनदेखि टुटेको छ ।  जसका कारणा ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ अाउने जाने  गरेका सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन ।    प्रदेश १ का आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पांग्रेभीरमा पहिरो जाने क्रम नरोकिएकाले वैकल्पिक मार्ग माफर्त सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन ।
    हाल  पूर्वाधार डिभिजन कार्यालय, पाँचथरले आपतकालीन बजेटमार्फत फागुनन्द गाँउपालिका–४, सिम्पुलाबाट गुम्बासम्मको करिब ६ किमी  पुरानो बाटाेलाई विस्तार गरी सडक खुलाउने काम अघि बढाएको छ । 
     कृष्णभीरको संज्ञा दिइएको  मेची राजमार्गको  पांग्रेभीरको ढुङ्गा फुटाउँदा पहिरोको समस्या भाेग्नुपरेकाे हाे । सडक विभागका प्राविधिकहरुले पांग्रेभीरलाई थामेको ढुङ्गा फुटाइदिँदा पहिरोको समस्या देखिएको  मन्त्री इन्द्र आङ्बोले बताए ।