गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि पुस सम्मलाइ थपियाे

काठमाडौं, साउन २
भैरहवामा निर्माणाधीन अबस्थामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको बाँकी काम सम्पन्न गर्न आगामी पुस १६ गतेसम्मलाइ थप अवधि थपिएको जनाएको छ ।
आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उहाँले बताउनुभयो ।
विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम सकिएको छ भने अब कन्ट्राेल टावर तथा अन्य केही भाैतिक संरचनाका काम बाकी रहेकाछन । चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियत पूर्ण ऋण सहयोग रहेकाे छ ।