• वीपी पनी कम्युनिष्ट थिए : डा.सशांक

    नेपालगन्ज २०७६ साउन ७
     भुपु मन्त्री  तथा प्रमुख प्रतिपक्ष दल  नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइरालाले  स्वर्गीय नेता वीपी कोइरालाको राजनीतिक जीवनको सुरुवत कम्यूनिष्ट विचारधाराबाट भएको  बताएका छन ।
     सोमबार नेपाली काँग्रेस बाँके द्वारा आयोजित  ३७ औं वीपी स्मृती दिवसकाे अवसरमा नेपालगन्जमा  विचार गोष्ठीमा सम्बोधन गर्दै  वीपी कम्युनिष्ट रहेको खुलासा गर्दै कोइरालाले  भने–‘वीपीको राजनीति कम्युनिष्ट सिद्धान्तबाट सुरु भएको थियो र राजनीति कै दौरानमा  जेल जीवनले उहाँलाई अर्को बाटो रोज्दै कम्युनिष्ट बिचारधारा छाेडेर प्रजातन्त्र बादी भई जेलमुक्त हुनुभएको थियो काेइरालाले भने ।  डा.सशांक कोइरालाले वीपीको विचारलाई बोक्न सकेमा नेपाल समाजवाद उन्मुख हुने बताउदै डा.सशांक कोइरालाले  त्यागी, तपस्या र विचारका धनी जनताका प्रिय नेता वीपी काेइरालाकाे ठाउँ कसैले पनि लिन नसकेको बताए ।