• नारायणगढमा आँप बोकेर आएको भारतीय ट्रक तोडफोड

    चितवन २६, असार 
    आज बिहान  विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रक तीन जना युवाले तोडफोड गरेका हुन् । सो ट्रकमा 5  टन आँप थियो । 
    ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए ।  त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।
    चितवन जिल्लाको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड भएको छ ।  स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन्   
    चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।   यो तरकारी बजारमा CCTV समेत छैन । 
    उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । ‘ती युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।  
    सरकारले नागरीकको हित अनुरुप बिदेशी तरकारी तथा फलफुलको बिषादी परिुक्षण निती ल्याएपनी , तयारी नपुगेको भन्दै सरकारले तत्काल यो निती लागु गर्ने भएपछी जनता आक्रोसित  भएका छन   
    यो पनी हेर्नुस :