• मुग्लिनकाे नेपालकै पहिलो ‘आर्क ब्रिज’ सञ्चालनमा आयो

    २०७६ साउन १५ 
    मुग्लिनको पुरानो पुलमा उत्पन्न जोखिम अब हटेकाे छ । पाेखराबाट बाट राजधानी काठमाणडाै जाेड्ने मुग्लिनमा त्रिशुली नदीमा बनाइएको नयाँ पुलकाे निमार्ण सम्पन्न भएर मंगलबारबाट सञ्चालनमा अाएकाे छ ।
    १२० मिटरको आर्क रहेकाे यस पुललाइ इलाइट एड्भेन्चर लोहनी जेभीले १२ करोड लगानीमा निर्माण गरेको हो । सडक विभागकाका अनुसार मुग्लिनमा बनेकाे याे पुल नेपालकै पहिलो दुई लेन र सबैभन्दा लामो ‘आर्क ब्रिज’ हाे । खुशीकाे कुरा याे आर्क ब्रिज नेपालले आफ्नै प्रविधि र दक्षता र लगानी सदुपयाेग गरी निर्माण गरेको हो । 

    याे पुल मंगलबारबाट खुला भएपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै गाडीले नयाँ पुलबाट गुडीरहेका छन् । दशैं लगतै पुरानो पुललाई पनि मर्मत संभार गरेर सञ्चालनका लागि तयार गरीने सडक विभागको पुल सेक्टर नम्बर २ का प्रमुख अंगलाल रोकाय बताउँछन । याे पुल २ वर्ष अघि नै निमार्ण सकिनुपनेर् भएपनी नेपाली ठेकेदारले नयाँ प्रविधिमा पहिले पट काम गरेको ले यो पुल बन्न केही ढिलाे हुदा तीनपटक म्याद थप गर्नुपरेको थियो ।
     पुल ढिला भएपनी निर्माण पुरा भइ सञ्चालनमा अाएकाे छ । ४ वर्ष भन्दा बढी लगाएर बनेको याे पुल निकै बलियो बनेकाे बिभागकाे दावी छ । पुलमा पर्ने भार आर्कले नै थेग्ने हुदा यस्ता ब्रिजको बीच भागमा पिल्लर राखिँदैन । । पिल्लरको सट्टा पुलको दुईतर्फ अड्याउन प्रयोग हुने ‘अब्यटमेन्ट’ को क्षमता मजबुद बनाइन्छ । याे पनी हेर्नुस :