• मनसुन विस्तारै कमजोर हुँदै : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौं, साउन २ 
     जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन बिस्तारै कमजोर बन्दै गएको जनाएको छ । 

    न्यूनचापीय रेखा अर्थात वर्षा गराउने वायु नेपालको तराई क्षेत्रमा रहेकाले मनसुनको गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयाे  ।

     आजबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश कमजोर हुँदै जाने  श्रेष्ठले बताउनुभयो । यसले गर्दा अब  नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताइएको छ । आज देशैभरि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ । खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।