• पाल्पा सिद्धबाबामा पहिरो खस्यो, एकको मृत्यु

    बुटवल २८ असार
    लगातारको झरी पछी  सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरोमा परेर एकको मृत्यु भएको छ ।
     शनिबार दिउँसो  पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो खसेको  पहिरोमा परेर मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ ।
    सुनारी मगर लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका बेला पहिरोमा परेका हुन  ।
    सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ । यो क्षेधत्र अत्यन्तै जोखिम युक्त क्षेत्र मानिन्छ बर्षा मात्र होइन हिउदमा समेत यो भेगमा पहिरो जाने गर्दछ  ।
     यस ठाउमा  बषेनी मान्छेको ज्यान जाने क्रम छ सरकारले यस क्षेत्रमा दिर्घकालिन जोखिम समाधानको लागी सुरुङमार्ग निर्माण गर्ने बताएपनी हालसम्म प्रारम्भिक कार्यमा कुनै सफलता भएको छैन्   ।