• पाल्पाको अस्पतालबाट नवजात शिशु चोरी गर्ने महिला स्याङजामा पक्राउ

    स्याङ्जा   २८ असार २०७६
     पाल्पाकाे एक अस्पताल बाटै शुक्रबार  हराएको नवजात शिशु स्याङ्जामा भेटिएको छ । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले स्याङ्जाबाट नियन्त्रणमा लिएको हो ।
    नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ । बच्चा चोरेर भागेकी गल्याङ नगरपालिका वडा नम्बर–५, मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।   नियन्त्रणपछि उनलाई पाल्पातर्फ लगिएको प्रहरीले जनाएको छ ।
    बच्चा हराउनेबित्तिकै  प्रहरीले  सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका वडा नम्बर–७, मा रहेको नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्राधिकरणमा नै ज्यालादारीमा काम गर्ने पाण्डेले शुक्रबार ३ बजे तानसेन–९, मदनपोखराकी जमुना रानाको बच्चा लिएर  भागेकी थिइन ।

     ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाई बच्चा लिएर फरार भएकी थिइन् । 
     पाण्डेका  श्रीमान य पहिले नै बितिसकेको बताइएको छ उनका दुई छोरा र दुई छोरी रहेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको पाण्डेले वच्चा चोर्नुको कारण थप अनुसन्धानबाट थाहा हुने  प्रहरीको भनाइ छ ।
    यो पनी हेर्नुस :