धारिलो हतियार प्रहार गरी आमाको हत्या !

वीरगञ्ज असार, २४
वीरगञ्ज महानगर पालिका २४ रामगढवा नयाँवस्तीमा एक छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा उनका ४० बर्षीया सौतेनी आमा शोभादेवी यादवको मृत्यु भएको हो ।
भैंसी हराएको विषयमा विवाद चल्दा आमाले नै भैंसी बिक्री गरेको खुलेपछी गुड्डुले आक्रोशित भएर आमालाई गोडासी (धारिलो हतियार) ले प्रहार गरी हत्या गरेका हुन । ज्यान जोगाउन भागेकी शोभादेवीलाई गुड्डुले ४ सय मिटर पर लखेटेर धारिलो हतियार प्रहार गरेका प्रहरीले बताएको छ ।
घटनाको समयमा शोभादेवीको श्रीमान पनि घरमै थिए । तर, खुट्टा भाँचिएका कारण उनले रोक्न सकेनन् ।
शोभादेवीको घाँटी र चिउँडोमा काटिएको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए । गुड्डुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । शोभाको शवनारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
यो पनी हेर्नुस :
