• मेयर-उपमेयरकाे उदाहरणाीय काम गाडी किन्ने पैसाले जनताका लागि खानेपानीको ट्यांकर

    साउन २  सर्लाही

    लामाे समय पछी स्थानिय स्तरमा जनप्रपतिनिधि  त पायाे तर  केही समय यता स्थानीय निकायका जनप्रतिनिधि आफ्नो सुबिधा र असारे बिकासमा रमाइरहेको जताततै समाचारहरू बेला बेलामा मिडियामा छाइरहन्छ  । 

    यस्तै यस्तै कुराले  जनप्रतिनिधि बदनाम समेत  भइरहेका छन । तर सर्लाहीको एक नगरपालिकामा भने मेयरको एक उदाहरणाीय कार्य ले  जनताकाे  वाहवाही पाइरहेका छन ।

     सर्लाहीको बागमती  नगरपालिकाले सुबिधाको लागि गाडी किन्न बिनियोजन गरेको पैसाबाट जनताका सेवाका लागि खानेपानीको ट्यांकर खरिद गरेका हुन । नगरभित्र पर्ने चुरे क्षेत्रको बस्तीमा देखिएको खानेपानीको समस्या भएकाेले  मेयर थापाले अघि सारेको योजनामा उपप्रमुख लीलाकुमारी मोक्तानले  पनि समथर्न दिएकाे बताउनुभयाे  ।

    यस अङी बागमती  नगरपालिकाले छोरी जन्मिए  सुत्केरी पोषण भत्ताबापत  ५ ,000   र छोरा जन्मिए ३,000  दिएर  एका एक हिराे बनेका  नगरपालिकाका मेयर भरतकुमार थापा खानेपानीको ट्यांकर किनेपछि   जता जतै उनकाे प्रशंशा भैरहेकाे छ  ।  गाडी किन्न आएको २२ लाख रुपैयाँबाट खानेपानीको ट्यांकर खरिद गर्नुभयो  मेयर थापाले जानकारी दिनुभयाे । 

    नगरपालिकाले खरिद गरेकाे खानेपानी ट्यांकरबाट प्रत्येक दिन नगरबासीले निःशुल्क खानेपानी पाएका छन् ।  स्राेतका अनुसार  नगर प्रमुख थापा र उप–प्रमुख मोक्तान दुवै पैदल हिडनुहुन्छ भने नगरभित्रका कार्यालयमा आउ जाउ गर्न  मोटरसाइकलमा लिफ्ट मागेर हिडनु हुन्छ  

    हामी गाडी चढदै गर्दा कसैले पानी खाएको छैन भने त्यो राम्रो हुँदैन भन्ने लागेर हामीले आफ्नो लागि सुबित्धा भन्दा पनी  जनताकाे समस्या बुझेर   ट्यांकरमार्फत बस्ती बस्तीमा खानेपानी पुर्याउने काम गरिएकाे  उप -मेयर  लीलाकुमारी मोक्तानले  बताए ।