• कार्यालयकै कुर्सीमा मस्त निदाउने हाकिम को हुन् ?

    *For Android Phone.
    काठमाडौं । सरकारी काम कहिले जाँला घाम भन्ने उखान त हामी सबैले सुनरिहेकै सब्द भैहाल्यो । लामो समय पछी स्थानीय तहले स्थानीय सरकार पनी पायो । 
     सामाजिक सञ्जालमा एउटा तस्बिर एकदमै  चर्चित भएको छ । 
    तराईक्षेत्रमा यो बेला चर्को गर्मी बढेको छ । दिउँसको समयमा गर्मीले अत्यधिक सताउने गरेको छ । यो चर्को गर्मीमा एकजना हाकिम साव कार्यालयकै कुर्सीमा मस्त निदाएका भेटिए । 

    केही सप्ताह पहिले दिउँसो सेवाग्राहीकारुपमा उर्लाबारी नगरपालिकाको कार्यालयमा सेवाग्राही बनेर पुगेका स्थानीय पत्रकार तेजन खड्काले हाकिम सावलाई मस्त निदाएको भेट्टाएका हुन् । उर्लाबारी नगरपालिकास्थित पशुपंक्षी शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको अवस्थामा भेटिएका हुन् ।

      दिउँसो साढे २ बजे खड्कासहितको सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा उनी निदाइरहेका थिए । सञ्चारकर्मीले उठाउने प्रयास गर्दा उनी निद्रा पुर्याइरहेका थिए । बोलाउँदा पनि नउठेपछि सञ्चारकर्मीले उनी सुतेको तस्बिर कैद गरेका हुन् । सञ्चार्कमीले तस्बिर खिच्दा पनि उनले थाहा पाएनन् । जनताको सेवामा खटिने हाकिम कार्यालयमै निदाएपछि सेवाग्राहीलाई समस्या हुने गुनासो स्थानीले गरेका छन् । ब्युँझिएपछि यादवले आफू थाहै नपाइ निदाएको बताएका थिए