• भारतलाई धुल चटाउदै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा भारतमा चल्यो रुवाबासी

    ०७६ असार २५, 
    एकदिवशीय विश्वकपको  भरर्खरै मएको सेमीफाईनलको खेलमा भारतलाई १९ रनले पराजित गरी न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको । 

    यो हार संगै लिग चरणमा धमाके दर प्रदर्शन गर्दै CWC बिश्वकप बिजेता बन्ने दाउमा रहेको  महारथी भारतको सपना चकनाचुर भएको छ   । 

    आफनै घमण्डका कारण विश्वकप क्रिकेटको उपाधि जित्ने भारतको सपना चकनाचुर भएको छ । लिग चरणमा तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको भारत न्युजिल्याण्डसंगको सेमिफाइनल खेलमा भने १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

     यो हारमा भारतका शीर्ष तहका ब्याट्सम्यानको घमण्ड र लापरवाही थियो । निकै फर्ममा रहेका रोहित शर्माले न्युजिल्याण्डलाई कमजोर ठान्दा १ रनमै विकेट गुमाए । 

    म्यान्चेस्टरको ओल्ड ट्राफोट मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा २ सय २१ रनमै अलआउट भयो । 



     दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पुगिसकेको थियो । 

    न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यलाई सहज ठान्दा कप्तान विराट कोहली र राहुल पनि एक–एक रनमै आउट भए । उनीहरुले न्युजिल्याण्डका बलरले फालेको बललाई अध्ययन नै नगरी ठूलो सट खेल्न प्रयास गर्दा विकेट गुमाउन पुगे

    उपाधिका लागि न्युजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । 
    यो पनी हेर्नुस :