• हारपछि भारतीय मिडियामा खेलाडीलाई लाग्यो ‘भिलेन’को आरोप (भिडियो)

    २०७६  असाढ  २६
     ओभररेटेट क्रिकेट महासथी भारतले न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले आफ्नो देशका कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्। 
     बेलायतको म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई को संज्ञा दिएका हुन  । 

     प्रतियोगिता भर धमाकेदार प्रदर्शन गरेर हलचल मच्चााएको भारतले २४० रनको झिनो  लक्ष्य पनि भेट्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले हारको कारण देखाउदै  कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्। 

    भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो। आजको खेलमा रवीन्द्र जडेजाले सबैभन्दा बढी ७० रन बनाए भने महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए। तर दुवैले जित दिलाउन सकेनन्। यी दुईले  ११६ रनको गतिलो साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो। 

    आजको खेलमा फ्लप भएका कोही कोहली, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके। महत्वपुर्ण खेलमा कप्तान समेट  रनमौ चिप्लिन पुगेपछी भारतीय जनामा आक्रोस उत्पन्न भएको थियो   । उता कोहलीले भने न्युजिल्याण्डका बलर समु आफु निरिह भएको र हार स्विकार्नु पर्ने बाध्य भएको बताएका छन 
     भिडियो हेर्नुहोस्-


    यो पनी हेर्नुस :