• बन्ने भयो रंगशाला : निर्माणमा फर्किए धुर्मुस सुन्तली

    २६ असार, 
    अचानक तारबार तोडफोड भएपछी केही समयदेखि चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ । स्थानीयले समेत सहयोग गर्ने र सुरक्षाको ज्ञारेन्टी दिदै सहयोग नर्गे बताएपछी   धुर्मुस सुन्तली  रंगशाला निर्माण मा फर्किएका हुन
    फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय गरेको बताए । 

    परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।
    चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले  फर्किन आह्वान गरेपछि फाउन्डेन काममा फर्किएको हो । 
    स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।
    तोडफोड  हुदा रंगशालामको अबस्था यस्तो थियो हेर्नुस भिडियो :    
    यो पनी हेर्नुस :