• दीपक मनाङे नेकपा प्रवेश गर्दै

     काठमाडौं  असार १८ 
    गण्डकी प्रदेश सांसद दीपक मनाङे असार १९ गते बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रमतय भएको छ ।
     फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन   । मनाङ जिल्लाबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे नेकपाकै सहयोगमा विजयी भएको बताईन्छ ।
    त्यस  मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिए पछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।