• झट्ट हेर्दा चीनको ग्रेटवाल ! प्युठानको प्रसिद्ध ओखरकोट पदमार्ग

    प्युठान  जिल्लाको  प्रसिद्ध ओखरकोटस्थित कोटमा पुग्न निर्माण गरिएको सिंढी झट्ट हेर्दा चीनको ग्रेटवाल जस्तै देखिएको छ ।  प्युठानको झिम्रुक गाउँपालिका–५ ओखरकोटको फेदी पेडीपाटाबाट निर्माण गरिएको सिंढी ग्रेटवाल जस्तै देखिएपछि स्थानीयले यसलाई ‘मिनी ग्रेटवाल’ भन्न थालेका छन्।  



    प्युठान  जिल्ला  बाट निर्वाचित सांसद दुर्गा पौडेलको सांसद विकास कोषको ५० लाख रुपैयाँ खर्चेर तीन सय मिटर सिंढी निर्माण गरिएको हो। ओखरकोट पर्यटन तथा ग्रामिण विकास सेवा समितिको पहलमा निर्मित सिंढी कोटसम्म पुग्न अझै एक सय मिटर बाँकी रहेको समितिका अध्यक्ष सुवास जिसीले जानकारी दिए।  ‘पेडीपाटाबाट कोटसम्म पुग्न चारसय मिटर सिंढी बनाउनुपर्छ।

     अध्यक्ष जिसीले भने,  अहिले तीनसय मिटर सिंढी बनेको छ। थप बजेटको व्यवस्था भए कोटसम्मै सिंढी बनाउने योजना छ।’  त्यस क्षेत्रमा पर्यटनको विकासका लागि काम गर्दै आएको ओखरकोट पर्यटन तथा ग्रामिण विकास सेवा समितिले कोटमा पुग्ने सिंढी निर्माणसँगै ‘ढुंगे बँगैचा’ पनि निर्माण सुरु गरेको अध्यक्ष जिसीले जानकारी दिए। 

    प्राकृतिक रुपमा थुप्रिएको ढुंगाको थुप्रोमा आकर्षक बगैँचा बनाउन लागिएको हो। गाउँपालिकासँगको सहकार्यमा निर्माणधिन ढुंगे बगैँचा बनेपछि त्यस क्षेत्रको पर्यटन विकासमा थप मद्दत पुग्ने अध्यक्ष जिसीको विश्वास छ।  ओखरकोट   प्युठानको ओखरकोट क्षेत्र तत्कालिन मगर राजाहरुले शासन चलाएका थिए । 

    ओखरकोटको गाउँको शिरमा रहेको ओखरकोटको कोट ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो। भूरे टाकुरे राजाहरु बस्ने दरबार र सभाकक्षका अवशेषहरु अहिले पनि त्यहाँ देख्न पाइन्छ।

    सागर आले को एकतर्फी माया "भावनाका शब्द" सार्बजनिक (हेर्नुस् भिडियो )