• पुरुष सुरेन्द्रलाई भारतमा कसरी महिला बनाईयो? जवाफ सिधा कुरा जनता संगमा (भिडियो सहित)

    कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका १ दोमिल्लाका २४ वर्षीय सुरेन्द्र सिंह माल ४ वर्ष अघि भारत जाँदा छोरा अर्थात लोग्नेमान्छे थिए । तर, केही दिन अघि घर फर्किदा उनको नाम प्रिया कौर मात्रै भएन उनी पूरै युवतीका भेषमा फर्किए । परिवार तथा छिमेकी छक्क परे   हेर्दा महिला देखिएका  भएपनी उनको स्वर भनेमा भने परिबर्तन आएको थिएन । 
    भारतमा हुँदा उनलाई जबरजस्ती सुई र औषधि प्रयोग गरी हर्मोननै परिर्वतन गराएकाले अहिले सबै चालाढाल केटीको जस्तो भएको बताउँछन् । उनको आवाज भने परिर्वतन भएको छैन ।
    यो परिर्वतन परिवारका लागि मात्रै आश्चार्यजनक छैन, सुरेन्द्र आफै पनि पीडामा गुज्रिरहेका छन् ।
     सोही कारण अहिले उनले इलाका प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्ती आफ्नो लिंग परिर्वत गर्ने व्यक्तिको खोजी गरी कारवाही गर्न उजुरी दिएका छन् ।
    उनलाई भारतका उत्तर प्रदेशका इलयास भन्ने व्यक्तिले लिंग परिवर्तन गराएको सुरेन्द्रले बताएका छन  उनी भारतका विभिन्न स्थानमा केटालाई केटीमा परिवर्तन गरी नचाउने धन्दाको शिकार भएको बताउँछन् ।
    सुरेन्द्र सिंह सिधा कुरा जनतासंगमा LIVE आएर घटनाक्रमको बेलीबिस्तार यसरी गरेका छन हेर्नुस भिडियो : 
    Yo pani Hernus :