• भर्खरै पाेखरामा लागु औषध सहित ३ जना पक्राउ

    २०७६ भदाै १४,  पुरन गुरूङ, पाेखरा ।
    पाेखरामा शनिबार  लागु औषध सहित ३ जना पक्राउ परेका छन । 
    कास्की  प्रहरीले आज दिउसो पोखराको महेन्द्रपुलबाट ठुलो परिणाममा लागु औषध सहित ३ जना पक्राउ परेको छन् । एउटा निजी कारमा कालो झोलामा लुकाई छिपाइ ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 
    पक्राउ पर्नेहरुमा कार चालक पोखरा १० रामबजार बस्ने सुवास गुरुङ, लमजुङ मर्स्याङ्दी गाउँ पालिका ६ ताघ्रिङ घर भई हाल पोखरा ११ बस्ने बर्ष २१ का युवराज गुरुङ र सोही स्थानमा बस्ने बर्ष २२ की आसा गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रवक्ता डिएसपी कृष्ण बहादुर कार्कीले जानकारी दिएका छन  । उनीहरू माथी थप अनुसन्धान हुने प्रहरीले जनाएकाे छ । 
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस