• प्रधानमन्त्री रोजगार कार्यक्रमः हेर्दा हेर्दै सकियो सवा २ अर्ब ! यस्ता छन उपलब्धी

    २०७६ साउन १६ काठमाडौं । 
    सरकारले ल्याएकाे प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो अाथिर्क वर्षमा झण्डै १ लाख ७५ हजारले रोजगारी पाएको विवरण सार्वजनिक भएकाे छ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नेपामै पहिलो पटक गरीब जनताले काम गरेर खाने, गरिबीसँग पैठेजोरी खेल्ने महत्वपूर्ण उपलब्धी प्राप्त भएकाे बताए ।

     प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६ हजार ८६४ सामुदायिक आयोजनामा १ लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६३ हजार २६९ दिन मन्त्रालयले रोजगारी दिएको जनाएको छ । साे बिबरण लाइ अाधार मान्द औषतमा एक जनाले १३ दिनको रोजगारी पाएकाे देखिन्छ । सथै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यक्रम अद्भुत र सफल भएकाे सरकारको दाबी छ । 
    सरकारले निकै महत्व दिएर घोषणा गरेको यो कार्यक्रमका लागि आर्थिक वर्षको अन्त्यमा ७५३ स्थानीय तहमा कुल २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट सशर्त अनुदानका रुपमा पठाएको थियो । एउटा स्थानीय तहले ५ लाखदेखि एक करोडसम्म बजेट पाएका थिए । जेठ लागिसकेपछि बजेट पठाएको श्रम, रोजगार मन्त्रालयले भन्यो-‘एक महिना रोजगारी दिएर बजेट खर्च गर्नू ।’ नेपाल सरकारले याे कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने र १७ लाख बेरोजगारलाइ राेजगार दिने लक्ष्य लिएकाे छ ।

     सरकारले यो वर्ष पनी थप ५ लाख युवालाई नेपालमै रोजगारी दिने बताएको छ । गएकाे आर्थिक वर्षमै सरकारले सन्चालनमा ल्याएकाे याे कार्यक्रम अाफैमा एउटा राम्राे याेजना भएपनी रोजगार कार्यक्रमको रूपरेखाले ‘नेपाल भित्रै रोजगारी’को माेहमा युवाहरू रमलिने अबस्था भने तत्काल देखिँदैन । बेरोजगारीले चरम आर्थिक संकटमा रहेका युवालाई १३ दिनको पारिश्रमिकले वर्ष दिन कसरी थाम्न सक्ला भन्ने प्रश्न सरकारले प्रस्तुत गरेको तथ्यांकले शंका उत्पन्न गराएकाे छ ।