• चितवन अपडेट : रबि सहित अन्य दुइ जना अझै ५ दिन हिरासतमै रहने

    २०७६ भदाै ३ काठमान्डाै पत्रकार शालिकराम पुडासैनी ज्यान गुमाएपछी साे  प्रकरणमा मुछिएका रबि लामिछाने सहित अन्य दुइ जना अनुसन्धानका लागी अझै ५ दिन प्रहरी हिरासतमै रहनुपर्ने भएकाे छ ।अदालतले मंगलबारकाे इजलासमा पुडासैनीको आत्महत्या दुरूत्साहन अभियाेगमा हिरासतमा परेका रवि, युवराज कडेल र अस्मिता कार्कीलाई ५ दिनको म्याद थपी प्रहरीलाइ अनुसन्धान गर्न आदेश दिएकाे छ । अदालतमा रबि तर्फबाटका बहसमा  वकिलहरूले उनलाइ प्रहरी हिरासतमा राख्नुपर्ने कारण नै नभएकाे धारणा राखेका थिए त्यसै गरी भिडियाेकाे स्रोत माथि पनी  अधिवक्ता रहेका सुशील पन्तले प्रश्न तेर्साएका थिए ।