• १-१ रन लिएर अलमलिन्न छक्का वा चौका नै हानेर देखाउछु : पयर्टन मन्त्री योगेश भट्टराई

    २०७६ साउन १६ काठमाडौं 
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराई एक अाश लाग्दा नेता भएका कारण उनकाे पहिलाे कायर्काल कस्ताे रहला भन्ने जिज्ञासा सबैमा उब्जेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चुनावकाे बेला गरेका थिए तर ओलीकाे बाचा १७ महिना पछी पुरा भएकाे छ ।
     पयर्टन मन्त्री रबिन्द्र अधिकारीले ताप्लेजुङकाे हेलीकप्टर दुर्घटनामा ज्यान गुमाए पछी रिक्त रहेकाे पदमा भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री १५ साउनमा नियुक्त भएका हुन । 
    पद भार समालेपछी नवनियुक्त पर्यटनमन्त्री भट्टराईले आफू लाइ थुप्रै चुनौती र प्रमाणित गर्ने अवसर र चुनाैती रहेको बताएछन । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई भब्य रूपमा सफल बनाउने आफ्नो पहिलो चुनौती भएको बताएका छन । त्यस्तै निर्माणाधीन पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल समयमै काम सम्पन्न गर्ने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्ने, पर्यटकीय गन्तव्यहरुको विकास गरी विदेशीहरुप पाहुना लाई नेपाल आउन प्रेरित गर्नु चुनौतीपूर्ण काम बाकी रहेको बताए ।
     उनले मन्त्रालयमा परामर्श गरेर कार्ययोजना सार्वजनिक गर्ने बताए । रिजल्ट देखिन कति समय लाग्ला भनेर साेधीएकाे प्रश्नमा उनले ब्याङग्यात्मक पारे क्रिकेट संग प्रशंग जाेडेर भने भने, ‘ बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला नी छक्का वा चौका । म एकएक रन लिएर अलमलिएर बस्दिन । छक्का वा चौका नै हान्ने हो ।