• नेपाली थ्री डि गीतको म्युजिक भिडियो "इश्वरले तिमीलाई" सार्वजनिक

    २०७६ साउन २५
     नेपाली थ्री डि गीतको म्युजिक भिडियो इश्वरले तिमीलाई सार्वजनिक भएको छ । साे गीत भुवन सिं थापाकाे अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरीएकाे हाे ।
    लक्ष्मी प्रसाद घिमिरेको शब्द अनी मिन बिष्टको संगीतमा चर्चित गायिका दिपा लामा र राम धिमालको सुमधुर स्वर रहेको यस थ्री डि गीतमा मिन बिष्टको मिक्सिङ मास्टरिङ्ग गरेका छन ।

     यस गीतकाे अडियाेलाइ थ्रिडी प्रबिधीमा मास्टरिङ गरीएकाे हुदा हेडफोन लगाएर सुन्दा आवाजबाट आनन्दको अनुभुती अनुभव प्राप्त गर्न सकिन्छ । गीतलाई गायक भुवन सिं थापाले निर्देशन छायान्कन तथा सम्पादन गरेका हुन ।
     "माया" प्रेमी प्रेमिकामा मात्र नभई परिवारका सदस्य, गुरु-चेला साथी सङगीहरु सँग पनि उत्तिकै रहन्छ, यस भिडियोमा दुई मितिनिहरुको बिचको माया, सद्वाव र एक अर्कामा रहेको सम्मानलाई प्रस्तुत गर्ने कोशीश गरेका छन निर्देशक भुवनले । भिडियोमा २ मितिनिको रुपमा निर्मला तामाङ र बबिता वाइबाको अभिनय रहेकाे छ । भिडियाे हेर्नुस :