• पारस विरुद्ध छानबिन सुरू हाेला त कारबाही ?

    २०७६ भदाै २   
      पुर्व युवराज पारश शाहले   त्रिभुवन  बिमानस्थलमा सुरक्षार्थ खटिएका  प्रहरि सइ  ईश्वर खत्रीलाई  दुर्व्यवहार गरेका थिए  ।   शाहले डिउटिमा खटिएका प्रहरी माथी हातपात  गरेपछी सामाजिक संजालमा चर्का बिराेध भैएसंगै  साे बिषयमा प्रहरीले छानविन सुरू गरेकाे  छ ।   प्रहरीले कार्यालयले साे दुर्व्यवहारमा परेका सईले भने अहिलेसम्म पारस विरुद्ध उजुरी नदिएकाे बताएका छन ।  विमानस्थल प्रहरीलाई घटनाबारे छानविन गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयले साेमबार  निर्देशन दिएकाे हाे ।  विमानस्थल प्रहरीले अन्तिम रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुने रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले बताए । पुर्ब रानी आमा कोमल शाहलाई बिदाई गर्न  बिमानस्थल  पुगेका पारसकाे  हर्कत त्यतीमै  सिमित भएन  उनी फर्किैदै खत्रीलाइ केही चेतावनी दिएका जस्ता देखिन्थे  ।  पारसले साे हर्कत देखाइरहदा राजाबादीहरू भने राजा आउ देश बचाउ भन्दै  नाराबाजी गरीरहेका थिए ।   भिडियो हेर्न तल जानुस :