• कपडा बैंक हेटौडामा पनि शुरूवात

    २०७५ साउन २५ काठमान्डाैं 
    काठमाणडाैंबाट सुरू भएकाे कपडा बैंक अभियान देशका बिभन्न स्थानमा समेत धमाधम संचालनमा आएकाे छ । हालै मात्र प्रदेश नं ३ काे अस्थायी राजधानी मकवानपुर जिल्ला काे हेटौंडा हुप्राचौरमा साउन २५ गते देखि कपडा बैंक सञ्चालन भएकाे छ । रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको पहल तथा हेटौंडा युवा अभियानको आयोजना मा हेटौंडामा पनी कपडा बैंक सञ्चालनमा ल्याइएकाे हाे । 

    हेटौंडा युवा अभियानको समूहले पुरानो र प्रयाेगमा नल्याइएका लत्ता कपडा संकलन गरी गरिव तथा बिपन्नलाइ निशुल्क वितरण गरेका हुन । बिशेष गरी सहर बजारमा एक दुइ पटक लगाएका लुगा फाल्ने वा प्रयाेगमा नल्याउने मानिस हरू थुप्रै रहेका त्यस्तै कसैलाइ ठिक नभएको लुगा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले लुगा संकलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्यले कपडा बैंक संचालनमा ल्याइएकाे बताएका छन । अभियानताहरूले लगाउन सकिने पुराना लुगा कपडा कसैले स्वेच्छाले दिन आए राखेर सफा गरेर लाउन योग्य बनाइ बिपन्न मानिसलाइ कुनै पनी शुल्क नलिइ वितरण गरिने जनाएका छन । 

    साे बैकमा सबै उमेरका बच्चा देखी बृद्द सम्मलाइ मिल्ने लुगा कपडा र चप्पलहरु समेत राख्ने याेजना रहेको अभियानताहरूले बताएका छन । जसबाट गरिब असहायलाई केही भएपनी राहत मिल्नेछ । बैंक खाेलिएकाे पहिलाे दिन शनिबार मात्रै १० जनाले  निशुल्क लुगा लिएर गएका थिए । आफुले नलगाएका लुगा फाटा वा प्रयाेगमा नल्याइएका पुरा लत्ता कपडा उपलब्ध गराइ अभियन्ताले यस अभियानमा सहभागी हुन सबैलाइ अनुराेध समेट गरेका छन ।