• प्रधानमन्त्री ओली आज पुनः सिङ्गापुर प्रस्थान

    २०७६ भदाै ५ काठमाडौं 
    सिङ्गापुर स्थित नेशनल युनिर्भसिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराई एक हप्ता अघिमात्र नेपाल फर्किएका सत्तारूद दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज फेरी सिङ्गापुर प्रस्थान गरेका छन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रमकाे स्वास्थ्य अवस्था सामान्य नै रहेपनी चिकित्सकको सल्लाह अनुरूप स्वास्थ्य परीक्षणका लागि उहा सिङ्गापुर जानुभएको हाे । 
    गत साउन १८ गते सिङ्गापुर गएका प्रम अाेली साउन २७ गते स्वदेश फर्केकाे एक हप्ता मै उपचारका लागी फेरी सिंगापुर गएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाकाे जानकारी दिदै आफू स्वास्थ्य परीक्षणका लागि फेरी सिङ्गापुर जान लागेको बताएका थिए । मृगाैला प्रत्याराेपण गरेका प्रम अाेली समय समयमा चिकित्सककाे निगरानीमा रहनुपर्ने स्राेतले जनाएकाे छ ।