• मुख्यमन्त्रीको कार्यक्रम स्थल नजिकै भयानक बम विस्फोट

    २०७६ साउन २९ काठमान्डाैं 
    कालिकोटको भ्रमणमा गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाइ लक्षित गरी बुधबार बम विस्फोट भएकाे छ । यस भन्दा अगाडी पनि मुख्यमन्त्री शाही गृहजिल्ला गएको बेला बम विस्फोट गराइएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।

     मुख्यमन्त्रीकाे गृहजिल्लाको समेत रहेकाे कालिकाेटकाे पचाल झरना गाउँपालिकाले आयोजना गरेको एक सभालाइ शाहीले सम्बोधन गरिरहेका समयमा साे कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको हाे । 
    मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार कार्यक्रमस्थल भन्दा केही पर दुई पटक बम बिस्फाेट आवाज सुनिएको सुनिएकाे थियाे । प्रहरीले साे धमाका मुख्यमन्त्रीको टोलीलाई तर्साउने नियतले विप्लव समूहले गराइएकाे हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको जनाएकाे छ ।