• उपनिर्वाचन मंसिर १४ गते हुने भयाे अब रिक्त पदमा निबार्चन हुदै

    २०७६ साउन १८ काठमाडौं 
    प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहकाे रिक्त रहेकाे ५० स्थानमा आउने मंसिर १४ मा निर्वाचन आयोगले उपनिर्वाचन गर्ने भएको छ ।सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति बिहीबार घोषणा गरेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले जानकारी दिएका हुन ।


    उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो । प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान रिक्त रहेकाे छ । त्यस्तै गरी गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको कास्की क्षेत्र नम्बर २ पनी प्रतिनिधिसभा सदस्य विहीन रहेकाे छ । स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त रहेकाे बताइएकाे छ ।