• बरिष्ठ चलचित्र निर्देशक किशोर रानाको निधन

    २०७६ भदाै ४ काठमाडाै 
    याे साता नेपाली चलिचत्र जगतले दुइ ठुला हस्तीहरू गुमाउन पुगेकाे छ ।केही दिन अगाडी मात्र बरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन भएकाे हप्ता दिन नपुग्दै लामाे समय देखी नेपाली चलिचत्र जगतमा सक्रिय रहनु भएका बरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । केही समय अगाडी दुवै मृगौलाले काम गर्न छाेडेपछी रानाले निरन्तर डायलासिस गर्दै आएका थिए । 

    मृगौला सम्बन्धि समस्याबाट पीडित हुनुभएका निर्देशक रानाको उपचारका क्रममा पुलचोकस्थित निदान अस्पतालमा बुधबार मृत्यु भएको हो । निर्देशक किशोर रानामगरले २०७४ को राष्ट्रिय चलचित्र पुरस्कारमा दीर्घ साधना सम्मान समेत प्राप्त गरेका थिए । नेपाली चलचित्र कर्जा निर्देशन सुरूवात गरेका रानाले करोडपति, एक नम्बरको पाखे, राँको, सीमारेखा,  मिस्टर मंगले,सन्तानको माया, चक्र, लगायत अन्य थुप्रै सुपरहिट फिल्म निर्देशन गरेका छन ।


     साथै रानाले सुपरहिट भोजपुरी चलचित्र 'कब होइ मिलनवा हमार' तथा मगर/ नेपाली चलिचत्र प्रतिबिम्ब को पनि निर्देशन गरेका थिए। भारतीय चलिचत्र उद्याेगमा सहायक निर्देशनबाट फिल्मि करियर सुरू गरेका राना मगरले करिब १५ बर्ष बलिउड चलिचत्रमा काम गरी नेपाल आएर अनुभवलाइ नेपाली चलिचत्रमा प्रयाेग गरेका थिए । नेपाली चलिचत्र जगतलाइ आफनाे समयमा फिल्मी युग स्वर्णाीम बनाउन किशाेर रानाकाे याेगदान पनी भुल्नु हुदैन । अलबिदा किशाेर राना मगर । हार्दिक श्रदान्जली ।।