• रबि पक्राउ परेपछी निष्पक्ष छानविनको माग गर्दे चितवन प्रहरी कार्यालय अगाडी भोली ११ बजे भेलाको आयोजना हुदै

    २०७६ साउन ३१ काठमाडौं । शालिकराम पुडासैनी मृत्युप्रकरणमा मुछीएपछी नेपाल प्रहरीले News 24 टेलिभिजनका पत्रकार तथा सिधा कुरा जनतासंग कार्यक्रम संचालक रवि लामिछाने र युवराज कँडेल ,र अस्मिता कार्कीलाइ अनुसन्धानकाे लागी  बिहिबार पक्राउ  गरेको छ । आजकाे सिधा कुरा एपिशाेडकाे तयारी जुटीरहेकमा रवि लामिछाने पक्राउ परे पछी उनका समर्थकहरूले धेरै गर्न  र अाफुले बाेलेकाे बाचा पुरा गरी अनुसन्धानमा प्रहरीलाइ सहयाेग गर्न सुझाव दिएका छन ।  

    गत साउन २०मा चितवनमा झुणडीएर आत्महत्या गरेका तात्कािलन सहकर्मी शालिकराम पुडासैनीले मृत्युपुर्ब लामिछाने सहित कंडेल र एक  अस्मिताकाे नाम लिएकाे भिडियाे संजालमा फैलिएकाे थियाे ।  
     रवि लामिछाने र युबराज कँडेललाई अनुशन्धानका चितवन प्रहरीले चितवन लगेकाे छ  । यसै बिच   पत्रकार बिनाेद त्रिपाठीले   प्रहरीले  पक्राउ परेर टेकु ल्याएपछि  रवि संग कसैलाई भेट्न नदिएकाे बताएका छन  । 

    साथै उनले  रवि लामिछाने र युबराज कंडेललाई कुनै  र्दुब्यबहार नभइ  ।  प्रहरीले कानुनीकै पालना गरी नागरिकको नैसर्गिक अधिकारलाई छेकथुन नगरोस र  अनुशन्धान गर्ने काममा नेपाल प्रहरीलाई हाम्रो पुरापुर सहयोग हुनेछ  भन्दै स्टाटस अपडेट गरेका छन । साथै उनले   चितवनमा हुने सम्पुर्ण नेपालीहरुलाइ निष्पक्ष छानविनको माग गर्दे चितवन प्रहरी कार्यालय अगाडी भोली बिहान ११ बजे भेलाको आयोजना गरिएकाे बताउदै  साे स्थानमा रहने  सबैलाइ  सहभागी हुन अपिल गरेका छन  । हनुर्स  बिनाेद त्रिपाठीकाे स्टाटस