• सरकारको लक्ष्य व्यवसायमैत्री कर प्रणाली लागू गरी राजस्व संकलन गर्ने

    २०७६ भदाै १४
    नेकपा सरकारका अर्थमन्त्री युवराज खतिवडाले व्यवसायमैत्री कर प्रणाली लागू गरी राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले व्यवसायलाई मर्कामा पारेर राजस्व संकलन गर्ने सरकारको नीति नरहेको  बताएका हुन  । साथै अनौपचारिक व्यवसायका लागि स्थायी लेखा नम्बर आवश्यक नभए पनि औपचारिक आय आर्जनका लागि स्थायी लेखा नम्बर आवश्यक रहेको अाैल्याए  ।

     साथै व्यवसायलाई पारदर्शी र मयाृदित  बनाउन सरकारले अभियान नै थालेको बताउँदै स्थायी लेखा नम्बर नागरिकता जस्तै दस्तावेज भएको प्रस्ट पारेका छन । केही समयपछि सरकारले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा ल्याउने बताउँदै त्यसमा प्यान, नागरिकता, ‌बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु समावेश हुने जानकारी दिएका छन  । राजस्व चुहावटका विषयमा केही संशोधन गरिएको बताउँदै व्यवसायीलाई गरिने कारवाही केही खुकुलो पारिएको बताए  । यस अघिको व्यवस्थामा रहेको दुई सय प्रतिशत जरिवानालाई शतप्रतिशतमा झारिएको र कैद अवधि पनि कम गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि, खानी, उद्योग लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहुलियतको व्यवस्था गरेको जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको लगानी बढाउन कृषि, उद्योग, पर्यटन, जडिबुटी लगायतका विविध क्षेत्रमा सरकारले गर्न सक्ने सहयोगका क्षेत्र पहिल्याउन आग्रह गरेका थिए  ।।