• कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीकाे पद फुट्कियाे

    २०७६ साउन ३२ 
    नेपालकाे कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्क बहादुर खत्री पदमुक्त भएका छन । उनलाइ कर्णाली प्रदेशकाे सरकारले पदमुक्त गरेको हो । पाटन उच्च अदालतले कर्णाली प्रदेश मन्त्री खत्री विरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पक्राउ पूर्जी जारी गरेपछि पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए । 
    बुढाथोकीका अनुसार मन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा -२ को खण्ड -ख  अनुसार  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेका हुन अब साे  रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्ने भएका छन । गत सोमबार मात्रै उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरू श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले भौतिक पूर्वाधार विकासमन्त्री खड्क बहादुर खत्रीलाइ पक्राउ गर्न आदेश जारी गरेको थियो ।