• काभ्रेबाट सुरु भयो घर-घरमा विद्युतीय चुल्हो अभियान

    २०७६ भदौ ७ 
    केही समय अगाडी प्रम ओलीले हरेक नेपालीकाे घरघरमा इन्धन पाइपबाट पुग्ने र सिलिन्डर युगकाे अन्त्य हुने बताएका थिए । धेरै जनाले गफ भनी हावामा उडाए हुनपनी हालसम्म सर*कारले ग्यास सिलिण्डर विस्थापन याेजनामा  ठाेस कदम भने चालेकाे भने देखिदैन । तर हालै काभ्रे जिल्लाकाे तेमाल गाउँ*पालिकामा बिजुलीबाट चल्ने  चुल्हो प्रयोगको अभि*यान सुरु भएकाे छ । शनिबार  तेमालमा  बिधुत प्राधि*करणका प्रमुख कुलमान घिसिङकाे उपस्थितीमा बिजुलीबाट चल्ने इन्डक्सन चुल्हो वितरण गरिएकाे हाे  ।  
    नेपाल विद्युत प्राधि*रकणकाे सहयाेगमा तेमाल सामुदायिक बिधुत सह*कारी संस्थाले  पहिलो चरण काे याेजना अन्त*गरत  सिलिन्डर ग्यास चुलाे  बिस्था*पन गरी इन्डक्सन चुल्हो प्रयोग गर्न साे भेगमा  ५५०० बिधुतका ग्राहकलाई प्रोत्साहन गरेकाे हाे ।   बिधुत प्राधि*करणका प्रमुख कुलमान घिसिङले चुलाे प्रयाेगमा ल्याइएपछी बिजुलीकाे भार बढेर केही प्राबिधिक समस्या आउन सक्ने भएपनी उनले कुनै पनी बिधुतिय प्रणालीमा कुनै गडबडी  नदिन हदै सम्मकाे अपेरिटङ सिस्टम चुस्ट पार्ने बताए  । 
    घिसिङले कुनै बेला नेपालमा बिजुलीकाे हाकाहार भएपनी अहिले प्राधिकरण बिजुलीकाे माग धन्न सक्ने भएकाेले नेपालकाे बिधुत नेपालमै सक्दाे खपत हाेस भन्ने चाहेकाे बताए । जसले गर्दा नेपालकाे अरबाै रकम बिदेशिन बाट जाेगिने कुलमानले बताए ।  रू ६ हजार ७ सय रुपैयाँमा इन्डक्सन चुल्हो र चुल्हाेमा लाग्ने कराई, कुकर, पानी तताउने ताप्के बितरण गरीएकाे हाे ।  साे भेगमा एक सिलिन्डर ग्यासको मूल्य करिब १८ तिर्ने गरेका छन  तर साे चुल्हाेबाट खाना बनाउदा १-२ युनिट मात्र बिजुली खपत हुने र ग्यासमा भन्दा इन्डक्सन चुल्होमा खाना बनाउदा लागत कम हुने सहकारीले जनाएकाे छ ।